महाशिबरात्री पर्बको अवसरमा सिद्धबाबा मन्दिरमा बिशेष शिवपूजन
रुपन्देही-तिलोत्तमा
२०७९ फागुन ६
महाशिबरात्री पर्बको अवसरमा आज सिद्धबाबा मन्दिर तिनाउ ३ पाल्पामा अवस्थित बिशेष शिवपूजन हुँदैछ । विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि शिबरात्रीको अवसरमा बिशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दिर विकास समितिले जनाएको छ ।
महाशिबरात्री पर्बमा शिबपुजन,अखण्ड हरि कृतन ,रुद्राभिसेक पुजा र बिशेष पाठ गरिनेसमितिका अध्यक्ष सन्तोष कुमार शेरचनले बताउनुभयो । शनिबार ६ गते महाशिबरात्री परेकाले भक्तजनको संख्या बढ्न सक्ने आकलन गरिएकोले भक्तजनहरुलाई छिटो छरितो रुपमा पूजा अर्चना गराउने गरी तयारी गरिरहेका शेरचनले बताउनुभयो ।
शिबरात्री पर्ब मनाउन पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागी सि सि क्यामेराको निगरानी,स्वास्थ शिबिर, सिद्धबाबा मन्दिर दर्शन गर्न जान चाहाने भक्तजनहरुका लागि नियमित रुपमा सञ्चालन हुदै आएको बुटवलको योगिकुटीबाट सिद्धबाबा मन्दिर सम्म मन्दिर समितिकै बस बिहान ५ बजे देखि संचालन हुने कार्यसमिति सदस्य तथा शिबरात्री पर्बका संयोजक तोया लम्सालले बताउनुभयो ।
पुजा सम्पन्न गर्न स्वयंसेवकको रुपमा बिभिन्न सात वटा संघसस्थासंग समन्वय गरिएको छ । भक्तजनको चाप अनुसार आवश्यकता अनुसार स्वयंसेवक खटिने र ब्यवस्थित गर्नेगरि तयारी गरिएको समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया