00:00:00
राष्ट्रिय

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँका आमा घाइते

बिहीबार फाल्गुण ४, २०७९/ Thursday 02-16-23

फागुन ४, काठमाण्डौ 
खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।

गएराति काठमाण्डौको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँका ८६ वर्षीया आमा घाइते हुनुभएका नेपाली कांग्रेसका महामन्त्री सांसद विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

घाइते दुवै जनाको काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार भण्डारीको झण्डै २५ प्रतिशत र उहाँका आमाको ७० प्रतिशत शरीर जलेको छ ।

नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया