माघ २४, काठमाण्डौ
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति रहेको थियो । त्यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरुको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमवार हिजो मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
तपाईको प्रतिक्रिया