00:00:00
स्थानिय

तिलोत्तमाको धार्मिक र सांस्कृतिक विकासको महत्वपूर्ण आयाम मोक्षधाम : अर्थमन्त्री पौडेल

शनिबार माघ २१, २०७९/ Saturday 02-04-23

माघ २१, तिलोत्तमा
पवित्रा चौधरी
    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रको विकासका लागि यहाँका नागरिक, जनप्रतिनिधी र र स्थानीय सरकारले कामको बाँडफाड गरी अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शनिवार मोक्षधाम सेवा आश्रम तिलोत्तमा ६ पश्चिम पहुनीको ११औं वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले मानवीय, भौतिक, धार्मीक, सांस्कृतिक र पर्यटकीय विकासका लागि के कसरी काम गर्ने भन्ने प्राथमिकीकरण गरी योजनाबद्ध तरिकाले नगरपालिकाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका लागि प्रदेश र संघिय सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।

अर्थमन्त्री पौडेलले देशका सर्वाङ्गिण विकसित नगरमध्ये तिलोत्तमालाई उत्कृष्ट बनाउने सार्मथ्य यहाँका नागरिक, जनप्रतिनिधी र राजनितिक दलहरुसंग भएको बताउँदै यसतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । पौडेलले तिलोत्तमाको धार्मिक, सांस्कृतिक दृष्टिकोणले विकासको महत्वपूर्ण आयामको रुपमा मोक्षधाम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा अन्यत्रबाट बसाँई सरी आउने क्रम बढेकाले नगरको विकास र आधारभूत आवश्यकता परिपूर्तिका लागि चुनौती थपिएको बताउनुभयो । 

आश्रमका संस्थापक अध्यक्ष रोमणीप्रसाद पाठकको अध्यक्षता भएको कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रकाश तिवारी, हरि भण्डारी, मानव सेवा आश्रमका प्रदेश संयोजक सरस्वती भण्डारी, वडा नं ६ का अध्यक्ष गणेश पाठक, वडा नं ७ का अध्यक्ष देवी प्रसाद पंगेनी, आश्रमका सल्लाहकार, आमा समूह, क्लबका युवालगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्ण प्रसाद पाण्डे र वेदप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया