अर्थ/वाणिज्य
सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदी तोलामा २५ रुपैयाँले बढ्यो
बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
काठमाण्डाै २०७९ माघ १९
सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । तोलामा सुनको भाउ आज १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो ।
विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ।
आज चाँदीको पनि भाउ तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया