तिलोत्तमाको सेमरामा निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न
तिलोत्तमा, माघ १८
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० स्थित सेमरा स्वास्थ्य चौकीमा निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय रुपन्देही र मेरी स्टोप्स सेन्टर काठमान्डौको प्राबिधिक सहयोगमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । शिविरमा २६ जना महिला र ४ जना पुरुष गरी ३० जनाले स्थायी बन्ध्याकरण गराएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
शिविरमा २५ जना महिलाले मिलिल्याप गराएका छन् भने चार जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । अस्थायी बन्ध्याकरण गराउनेको संख्या २ जना मात्रै रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी आचार्यले बताउनुभयो ।
नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले परिवार नियोजनका लागि हरेक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै लैजाने र निःशुल्क बन्ध्याकरण सेवालाई थप सशक्त बनाएर चेतनास्तर सम्म लैजाने बताउनुभयो । उहाँले सन्तानको रहर पुगेका दम्पत्तिहरुलाई निशुल्क रुपमा दक्ष तथा अनुभवी प्राबिधिक एबम् चिकित्सकबाट एम्बुलेन्सको व्यवस्था सहित सेवा संचालन गरिएको बताउनुभयो।
संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको तिलोत्तमा स्वास्थ्य प्रमुख ध्रुवराज घिमिरेको भनाई छ।
तपाईको प्रतिक्रिया