00:00:00
राष्ट्रिय

क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

शुक्रबार माघ ६, २०७९/ Friday 01-20-23

काठमाडौं २०७९ माघ ६

  मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको हो ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

 

तपाईको प्रतिक्रिया