00:00:00
स्थानिय

सेमरा बजार माविमा न्यानो कपडा वितरण

बिहीबार माघ ५, २०७९/ Thursday 01-19-23

माघ ५, तिलोत्तमा
    तिलोत्तमा नगरपालिका वडा नं ७ स्थित सेमरा बजार माध्यमिक बिद्यालयको संयोजन तथा रोटरी क्लब अफ बुटवल साउथको सहयोगमा विधार्थीहरुका लागि न्यानो कपडा बितरण गरिएको छ । बुधबार विद्यालय परिसरमा कक्षा १ देखि ५ सम्मका १०६ जना बिद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) वितरण बितरण गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बिद्यालयका प्रअ खेमराज पाण्डेको स्वागत र शिक्षक हरि प्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रोटरियन डा. रामचन्द्र आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष, रोटरियन सदस्य, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभाबक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।   

तपाईको प्रतिक्रिया