सभामुख र राष्ट्रपतीमा कांग्रेसको दावी : केन्द्रिय सदस्य अव्दुल सतार
पुष ३०, पाल्पा
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अव्दुल सतारले सभामुख र राष्ट्रपतीमा काग्रेसको दावी रहने बताएका छन । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतीमा दावी गर्ने बताउनुभयो ।
नेपाल प्रेश युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सतारले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबाट पुन प्रतिगमनको खतरा बढेको, संसद विघटन वा म्ध्यावती निर्वाचनको खतराको संकेत गरेपछी काग्रेसले लोकतन्त्र बचाउन माओवादी नेतृत्वको सरकार लाई विश्वासको मत दिएको बताउनुभयो ।
माओवादी सरकारलाई विश्वासको मत दिएपनि पार्टी सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रहने केन्द्रिय सदस्य सतारले बताउनुभयो । नेपाली काग्रेस कार्यसम्पादन समितीले अक्षमता, अदुरदरर्सिता र एकहोरो जिद्धिपनको कारण ठुलो पाटी भएर पनि सत्ता गुमाउनु परेको केन्द्रिय सदस्य सतारले बताउनुभयो । अहिले काग्रेसलाई खानेबेलामा दातमा ढुङ्गा लागेर खाना खानै नपाएको परिस्थिती आएको बर्तमान ७ दलको गठवन्धन दिर्घकालिन नभएको केन्द्रिय सदस्य सतारले जोड दिए ।
मुलुकमा स्थायीत्वको लागी जुनसुकै वेला नेपाली काग्रेस र नेकपा एमालेको सहकार्यमा बलियो सरकार बन्ने अवस्था रहेको केन्द्रिय सदस्य सतारले खुलासा गर्नुभयो ।
तपाईको प्रतिक्रिया