काठमाडौँ २०७९ पौष २९
रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने ढकालले बताउनुभयो ।
ढकालले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौ वटा टावरमध्ये सात वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुई वटा टावर जडान कार्य पनि अन्तिम चरणमा पुगेको भन्नुभयो।
टप स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य अगाडी बढी रहेपनि ढकालले बताउनुभयो । सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको समेत ढकालले बताउनुभयो ।
तपाईको प्रतिक्रिया