राष्ट्रिय
कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने
मंगलबार पौष २६, २०७९/ Tuesday 01-10-23
पुस २६, काठमाण्डौ
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा दुई सय ६९ सांसदको समर्थन पाउनुहुने भएको छ । विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहनुभएको थियो ।
तपाईको प्रतिक्रिया