00:00:00
स्थानिय

लुम्बिनी प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गरिँदै

मंगलबार पौष २६, २०७९/ Tuesday 01-10-23

पुस २६, दाङ 
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो । प्रदेशको भागबण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

सोमवार हिजो दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले आज मङ्गलवार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए । बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया