रुपन्देही, तिलोत्तमा
२०७९ पौष २५
" GOAT" के हो । किन खेल क्षेत्रका विभिन्न खेलाडीहरूलाई सम्बोधन गर्न प्रयोग भइरहेको छ? GOAT शब्दले सबै समयको महानतमलाई जनाउँछ । यो प्रायः संसारभरका विभिन्न एथलीटहरूको वर्णन गर्न प्रयोग गरिन्छ । उदाहरणका लागि बक्सिङ्गबाट मोहम्मद अली, बास्केटबलबाट लेब्रोन जेम्स, गल्फबाट टाइगर वुड्स, क्रिकेटबाट सचिन तेन्दुलकर, फुटबलबाट पेले र म्याराडोना । तर फुटबलमा अर्जेन्टिनाका स्टार लियोनल एन्ड्रेस मेस्सी (लियो मेस्सी) र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो "CR 7" बीच फेरि बहस सुरु भएको छ। दुबैले सानै उमेरमा फुटबल खेल्न शुरु गरेका थिए। र धेरै रेकर्ड बनाएका छन। दुवै युरोपमा खेले र दुवैले जितेका पनी थिए। तर उनीहरुबीचको तुलना भने टुंगिएको छैन ।
लियोनल मेस्सी २०१४ मा फिफा विश्वकपको फाइनलमा पुगे तर आफ्नो पहिलो विश्व कप ट्रफी उठाउन असफल भए, यसै बीच २०१६ मा रोनाल्डोले फ्रान्स विरुद्ध युरो कप २०१६ जितेर पोर्चुगलसँग आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफी जीते। फ्यानहरुले बहस सकिएको भन्दै थिए । जहाँ मेस्सी अर्जेन्टिनासँग आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफीको खोजीमा थिए अर्कोतिर पोर्चुगल का जनता हरुले उनीहरूको पहिलो अन्तर्राष्ट्रिय ट्रफी को जश्न मनाउदै थिए ।
साल २०२१ दोस्रो कोविडको लहर संसारभर थियो र कुनै पनि प्रशंसकहरूलाई स्टेडियममा लाइभ फुटबल खेल हेर्न अनुमति थिएन। त्यही क्रममा कोपा अमेरिका २०२१ को लागि मेस्सी र अर्जेन्टिना टोलिे को अभियान सुरु भयो। निरन्तर जीतसँगै अर्जेन्टिनाको टोलि कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरे। २०१५ र २०१६ कोपा अमेरिका फाइनलमा हार को साम्ना गरे पछी अर्जेन्टिना र मेस्सीले यस्पाली फेरि हार्ने इच्छा गरेनन । आयोजक राष्ट्र ब्राजिल बिरुद्धको खेल थियो । बार्सिलोनाका उनका पूर्व टिममेट नेयमार टोलीमा रहेकाले अर्जेन्टिनालाई फाइनल जित्न गाह्रो हुन सक्ने सम्भावना थियो । खेलको २२ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
अर्जेन्टिनाले सफलतापूर्वक १ गोलको रक्षा गरे र एमी मार्टिनेजले ब्राजिलविरुद्ध क्लिन शिट राखे। अन्तमा मेस्सी र उनका टिमले सफलतापूर्वक कोपा अमेरिका २०२१ को उपाधि जितेका थिए जहाँ मेस्सीले आफ्नो पहिलो सिनियर अन्तर्राष्ट्रिय खिताब जिते । तरह अझै पनि GOAT बहस रोनाल्डोको पक्षमा थ्योे किनभने प्रशंसकहरूका अनुसार युरोप भन्दा दक्षिण अमेरिकामा खेल्न र जित्न सजिलो छ ।
यूईएफए र कोन्मेबोले युरो २०२० का च्याम्पियन इटली र कोपा अमेरिका २०२१ का च्याम्पियन अर्जेन्टिनाबीच फाइनलइसमा आयोजना गरेका थिए । फाइनल विस्टलपछि अर्जेन्टिना च्याम्पियन बनेका थिए । दुबै खेलाडीहरू अब आ–आफ्नो सम्मानित महादेशका च्याम्पियन बनेका थिए र अब सबैको नजर रोनाल्डो र मेस्सीको अन्तिम फिफा विश्वकप कतार २०२२ मा थियो।
GOAT को बहस समाधान गर्ने एक मात्र तरिका। जहाँ अर्जेन्टिनाले साउदी अरेबियासँग आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो भने अर्कोतर्फ फिफा विश्वकपमा आफ्नो यात्रा जारी राख्नको लागि बचेका सबै खेल जित्नैपर्ने थियो । पोर्चुगलले घाना बिरुद्ध सहज जितसहित विश्वकप अभियान सुरु गरेका थिए । तर क्वार्टर फाइनलमा पोर्चुगल र रोनाल्डोले मोरक्कोसँग निराशाको सामना गर्नुपर्यो र फिफा विश्वकप जित्ने पोर्चुगल र रोनाल्डोको सपना अधुरै रहन गयो ।
यसैबीच अर्जेन्टिनाको आशा भने अझै जीवित थियो। विश्वकप सुरु हुनुअघि पोर्चुगल र अर्जेन्टिनाबीचको फाइनल हेर्ने दर्शकहरुले प्रतिक्षा गरेका थिए तर त्यसो हुनसकेन । मेस्सीसँगै अर्जेन्टिना को टिम दोस्रो पटक फाइनलमा पुग्न सफल भएका थिए भने फ्रान्स लगातार दोस्रो पटक फाइनलमा पुगेका थिए ।
कतारमा हाई प्रोफाइल फाइनलका लागि स्टेज तय्यार थियो । खेल सुरु भएकोे केहि बेर पछी अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोल बाट अग्रता लिएका थियो । त्यसको केही मिनेटपछि एन्जल डि मारियाले को उत्कृश्ट गोलले गर्दा अर्जेन्टिना ले २—० ले अग्रता लिएको थियो । हाफ टाइमपछि स्कोर २–० थियो। अर्जेन्टिनाका फ्यानहरू मेस्सीले ट्रफी जीतेको देख्न उत्साहित थिए, दोस्रो हाफमा फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले पेनाल्टीलाई गोल गर्दै फ्रान्सका लागि पहिलो गोल गरे र केही मिनेटमै एमबाप्पेको गोलले स्कोर बराबरी बनाउन सफल भए ।
खेल अतिरिक्त समयमा पुग्यो जहाँ मेस्सीले फेरि अर्जेन्टिनाको आशा जीवित राख्दै अग्रता दिलाए। तर एम्बाप्पेले गोल र ह्याट्रिक गरेपछि सबै आशाहरु अधुरै रहे अतिरिक्त समय सकिएपछि स्कोर ३–३ थियो । अब अर्जेन्टिनाले विश्वकप जित्ने या फ्रान्सले लगातार दोस्रो पटक जित्ने भन्ने निर्णय भने पेनाल्टी सुटआउटमा निर्भर थियो । फ्रान्सले २ पेनाल्टी सुट गुमाए संगै अर्जेन्टिना ३६ वर्षपछि विश्व बिजेता बन्नपुग्यो यो संगै मेस्सीे पहिलो पटक च्याम्पियन बने ।
मेस्सीले फिफा विश्वकपमा दोस्रो पटक गोल्डेन बल र फिफा विश्वकप २०२२ मा दोस्रो सर्वाधिक गोल गर्नाले सिल्भर बुट पाएका थिए भने उनका पीएसजीका टिममेट किलियन एमबाप्पेले गोल्डेन बुटमा चित्त बुझाउन पर्यो । मेस्सीले फिफा विश्वकपको उपाधी जीतेसंगै GOAT शब्दको बहस साँच्चै समाप्त भएकै हो त यो भने हेर्न बाँकी छ ।
लेखक :- प्रज्वल थापा
हाल तिलोत्तमा-१ शंकरनगर "बनबाटिका"
तपाईको प्रतिक्रिया