00:00:00
स्थानिय

कच्चा दूधको मूल्यवृद्धिलाई किसानमूखी बनाउन माग

मंगलबार पौष १९, २०७९/ Tuesday 01-03-23

पुष १९, तिलोत्तमा
पवित्रा चौधरी
  दूध र दुग्ध क्षेत्रमा आवद्ध संघसंस्थाले कच्चा दूधको मूल्यवृद्धिलाई किसानमूखी बनाउनुपर्ने माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोशियसन र दुग्ध विकास संस्थान (डिडिसी) ले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अहिलेको अवस्थाअनुसार कच्चा दुधको मूल्य वृद्धिका लागि राष्ट्रिय दुग्ध विकास बोर्डलाई आग्रह गरेका छन् ।

‘पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्यवृद्धि हुनु, कोभिडको प्रभावले पशुपालन पेशा पलायन अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु, कृषकहरुले उद्योगबाट समयमै भुक्तानी नपाउनुजस्ता कारणले हाल सिजनको समयमा पनि दुध उत्पादनमा कमि आएको भन्दै’ विज्ञप्तिमार्फत दुधको मूल्यवृद्धिलाई किसानमुखी बनाई किसानको उत्पादन लागत मूल्य दिनुपर्ने माग गरिएको छ ।

साथै कतिपय निजि डेरी उद्योगीले मनोमानी कृषक मूल्य वृद्धिको नाममा उपभोक्ता मूल्य बढाएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यसतर्फ सचेत हुन पनि दुग्ध विकास बोर्डलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

कतिपय निजि डेरी उद्योगीले किसानको उत्पादन लागत मूल्यको ख्याल नगरी एकलौटी ढङ्गले दूधको मूल्य बढाएको भन्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीले आपत्ति जनाएको छ । 

तपाईको प्रतिक्रिया