00:00:00
स्थानिय

बुटवलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

शनिबार पौष १६, २०७९/ Saturday 12-31-22

बुटवल २०७९ पौष १६

     बुटवलको अस्पताल लाईनमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप गयराति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त जिप अनियन्त्रीत भई पल्टिदा सोही स्थानका २९ वर्षीय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

 प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको डिभाइर नाघेर विपरित दिशामा पुगेको थियो। सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत भाच्चिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया