00:00:00
स्थानिय

मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा आएको राष्ट्रपति भण्डारीको भनाइ

बिहीबार पौष ७, २०७९/ Thursday 12-22-22

बुटवल २०७९ पौष ७

      रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको आज उदघाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउदै व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताउनुभयो ।

 भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनि राष्ट्रपति भण्डारीले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “विमानस्थललाई व्यवस्थित रुपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकास सँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ” – राष्ट्रपति भण्डारीले भन्नुभयो।  

 

तपाईको प्रतिक्रिया