00:00:00
स्थानिय

रुपन्देही कञ्चन-५ को वडा कार्यालयमा मध्यराती तोडफोड

आइतबार पौष ३, २०७९/ Sunday 12-18-22

बुटवल २०७९ मंसिर ३

    रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख राजाराम यादवका अनुसार शनिबार मध्येराती आएको एक समूहले वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन ।

     वडा अध्यक्ष बस्ने कोठाका २ वटा झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ । रुद्रपुर प्रहरी कार्यालयका प्रमुख यादवले शनिबार राती करिब ११ बजेको समयमा २ वटा मोटरसाइकलमा आएका युवाहरुले हो–हल्ला गर्दै कार्यालयमा ढुङ्गा हानेको बताउनुभयो । स्थानीयका अनुसार मध्यराती हल्ला गर्दै आएको समुहले वडा अध्यक्ष कुलप्रसाद पौडेल विरुद्ध नाराबाजी समेत गरेका थिए । मदिरा सेवन गरी तोडफोडमा उत्रिएको हुन सक्ने यादवले बताउनुभयो ।

तोडफोडमा उत्रिनेहरु स्थानीय नै भएको हुन सक्ने प्रहरीको अनुमान छ । तोडफोडबाट कार्यालय भित्र अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । तोडफोड बारे आइतबार विहान ९ बजे कार्यालय समयमा पुगेपछि मात्रै कर्मचारीहरुले देखेपछि जानकारी भएको थियो । घटना बारे थप अनुसन्धान तथा दोषी पत्ता लगाउने प्रयासमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया