अर्घाखाँचीमा कार दुर्घटना: एकै परिवारका ५ जना घाइते
अर्घाखाँची २०७९ मंसिर २४
अर्घाखाँची शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रकृति त्रिपाठी र चालक शिसन त्रिपाठीको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक बाट तल खोलामा खसेको बताइएको छ ।
दुर्घटनाको जानकारी पाउने बित्तिकै तत्काल इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको हो । घाइते सबै जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको छ ।
तपाईको प्रतिक्रिया