00:00:00
स्थानिय

तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला

बिहीबार मङ्सिर १५, २०७९/ Thursday 12-01-22

मंसिर १५, तिलोत्तमा
आजदेखि रुपन्देहीको मणिग्राममा दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ सुरु हुँदैछ । आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले मेलाको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।

तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग वाणिज्य संघको सह आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन आज तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले गर्ने उहाँले बताउनुभयो  ।
३ सय स्टल रहने महोत्सवमा ब्याडमिन्टन, महिला कुस्ती, डान्स आइडल लगायतका विभिन्न प्रतियोगिताहरू राखिएको खेल संयोजक विवश थापाले जानकारी दिनुभयो ।

मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक गेट समेत निर्माण गरिएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताउनुभयो । 
तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपी कडेंलले कोभिड १९ पछि सञ्चालन हुने मेला सबैका लागि आकर्षक हुने र उपभोक्ता ब्यापारीलाई नजिक बनाउन भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागि गराईने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताउनुभयो ।  मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको तिलोत्तमा उद्योग ब्यापार संगठनका सचिव युवराज पराजुलीले बताउनुभयो ।

महोत्सव मंसिर २६ गतेसम्म संचालन हुनेछ । 

तपाईको प्रतिक्रिया