00:00:00
खेलकुद

कतारमा जारी विश्वकप फुटबलमा आज ४ खेल हुँदै

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22

मंसिर ७, काठमाडौं
विश्वकप फुटबल  अन्तर्गत आज चार खेलहरु हुँदैछन् । कतारमा जारी विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल साँझ पौने बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै आज हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह एफ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।
 

तपाईको प्रतिक्रिया