00:00:00
खेलकुद

फिफा विश्वकपमा आज अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदै 

मंगलबार मङ्सिर ६, २०७९/ Tuesday 11-22-22

मंसिर ६, काठमाडौं
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार समूह सीका दुई टोलीहरु अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदै छ ।

कतारको लुसेल इकोनिक स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । समूहमा बलियो मानिएको अर्जेन्टिना मंगलबारको खेलमा जित हात पार्दै यो विश्वकपमा सुखद् सुरुवात गर्ने दाउमा छ ।

लियोनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना पछिल्लो ३६ खेलमा अपराजित छ । यद्यपि साउदी अरेबियालाई त्यति हल्कामा लिन नहुने स्कालोनीले बताएका छन् ।

उनले साउदी अरेबियासँगको खेल त्यति सजिलो नहुने बताएका छन् । उनले साउदी अरेबियामा प्राविधिक रुपमा बलियो र तीव्र गतिका खेलाडीसहितको टोली भएको बताएका छन् ।  
 

तपाईको प्रतिक्रिया