00:00:00
स्थानिय

दुर्घटनाबाट रुपन्देहीका पत्रकार एनबी कंडेलको निधन

शनिबार मङ्सिर ३, २०७९/ Saturday 11-19-22

२०७९  मंसिर २, तिलोत्तमा
        

        विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध रुपन्देहीका पत्रकार एनबी कंडेल को मोटरसाइकल दुर्घटना परी निधन भएको छ । शुक्रबार साँझ  सिदार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका २ जानकीनगरमा  बुटवलबाट भैरहवा तर्फ आउदै गरेको  गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउंदै  गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो ।

               रुपन्देही सैनामैना नगरपालिका(१ रानी बगिया निवासी  कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा आबद्ध हुनुहुन्थ्यो  । उहांका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया