खेलकुद
नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने
आइतबार कार्तिक २७, २०७९/ Sunday 11-13-22
काठमाडौं २०७९ कार्तिक २७
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ सम्ममा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।
बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् ।
त्यसैगरि २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् र २०२७ को यु-१९ महिला टि-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।
तपाईको प्रतिक्रिया