खेलकुद
टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै
बुधबार कार्तिक २३, २०७९/ Wednesday 11-09-22
कात्तिक २३,
आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको सिड्नीमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्डस्लाई हराएको थियो ।
त्यस्तै सेमिफाइनल पुग्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने खेलमा दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।
तपाईको प्रतिक्रिया