00:00:00
स्थानिय

रुपन्देही–२ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार पौडेलको घरमा शंकास्पद बस्तु

आइतबार कार्तिक १३, २०७९/ Sunday 10-30-22

बुटवल - २०७९ कार्तिक १३


     राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर -२ का उम्मेदवार गणेश पौडेलको बुटवल उपमहानगरपालिका -१२ नयाँगाउँ स्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद फेला परेको छ ।

 घटना स्थलमा प्रहरी उपस्थित भएपनि उक्त बस्तु पहिचान र बम भए डिस्पोजलका लागि सेना कुरिरहेको छ । शंकास्पद बस्तु बम हो या होइन भन्ने अहिलेसम्म एकिन भने भएको छैन । सेनाको बम डिस्पोजल टोली आएपछि बम हो होइन भन्ने एकिन हुने प्रहरीले जनाएको छ ।

आफू बिहानै ४ बजे घरबाट निस्केको र पछि फर्कँदा गेटमा शंकांस्पद वस्तु देखेको पौडेलले बताउनुभयो । पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नंं. २ बाट चुनावी प्रतिष्पर्धा गर्दैहुनुहुन्छ ।

तपाईको प्रतिक्रिया