00:00:00
राष्ट्रिय

बस दुर्घटना हुँदा आठ जना घाइते, दुई जनाको अवस्था गम्भीर

शनिबार कार्तिक १२, २०७९/ Saturday 10-29-22

काठमाण्डौ - २०७९ कार्तिक १२

      रोल्पाबाट रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीका अनुसार बस पानीगैरामा दुर्घटना भएको हो । घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ । बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ ।

तुल्सीपुर–१८ बस्ने ४५ वर्षका कलिराम परियार र उहाँकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ । चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया