00:00:00
स्थानिय

करेन्ट लागेर पाल्पामा २९ वर्षीय श्रेष्ठको मृत्यु

मंगलबार कार्तिक ८, २०७९/ Tuesday 10-25-22

पाल्पा- २०७९ कार्तिक ८  

        पाल्पा रामपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

मंगलवार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेजको लाइन छुन गइ करेन्ट लागेर भुइँमा खसेका विष्णुबहादुरलाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पाल्पामा पठाए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया