00:00:00
स्थानिय

जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा सम्पन्न

शनिबार कार्तिक ५, २०७९/ Saturday 10-22-22

रुपन्देही- तिलोत्तमा
२०७९ कार्तिक ५

    जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा आज कोटिहवा मगर भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रमकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३८ हजार सेयर सदस्यको प्रतिनिधित्व गर्दै १८० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

   कार्यक्रमा अध्यक्ष ज्ञानु पौडेलले संस्थाको प्रगती र आगामी योजनाको बारेमा जानकारी दिदै अहिले केही सहकारीहरुले सेयर सदस्यहरुको बचत फिर्ता नगर्नेजस्ता समाचारहरु सार्वजनिक भइरहँदा सहकारीहरुलाई गरिने विश्वास चुनौतिको विषय भएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी खाणले महिलाले पनि हरेक क्षेत्रमा जागरुक र शिक्षीत हुनुपर्ने बताउ बताउनुभयो ।
 
    कार्यक्रममा उपप्रमुख जागेश्वरदेवी चौधरी, नेप्स्कुनका बरीष्ठ उपाध्यक्ष चन्द्र प्रसाद अधिकारी लगायतले सहकारीले समाजमा राम्रा कामहरु गरेको बताउदै शुभकामना दिनुभएको थियो । संस्थाले प्रत्येक वर्ष सहकारी क्षेत्रमा कलम चलाउदै आएका पत्रकारलाई सम्मानित गर्दै आएकोमा यस वर्र्ष लुम्बिनी पत्रीका सम्पादक कमल रायमाझीलाई सम्मान गरेको छ ।

  कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खाण र संस्थाका अध्यक्ष पौडेलले पत्रकार रायमाझीलाई नगद १५ हजार पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रमको संचालन संस्थाका सचिव सरु रानाले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया