00:00:00
खेलकुद

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २६ खेलहरू हुने 

बुधबार कार्तिक २, २०७९/ Wednesday 10-19-22

कार्तिक २, काठमाडौं
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न खेलहरू हुँदैछन् । नवौं राष्ट्रियको छैटौं दिन आज  २६ खेलहरू हुनेछन् । आज हुने खेलमा एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला भलिबल र सफ्ट टेनिस रहेका छन् ।

स्क्वास, उसु, पुरुष बास्केटबल, महिला बास्केटबल र आर्चरी पनि आजै हुनेछ ।

त्यस्तै ट्रयाथलन, बुद्धिचाल, टेबल टेनिस, सेपाकताक्रो महिला÷पुरुष, भारोत्तोलन, सुटिङ, साइक्लिङ र रग्बी महिला÷पुरुष पनि हुनेछ । जिम्न्यास्टिक, जुडो, कबड्डी, तेक्वान्दो, खो खो, आइटिएफ तेक्वान्दो, कराते, महिला हक्की र पुरुष हक्की पनि हुनेछ ।
 

तपाईको प्रतिक्रिया