00:00:00
राष्ट्रिय

उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न आजै दिइने

बुधबार असोज २६, २०७९/ Wednesday 10-12-22

असोज २६, काठमाडौं
आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि  निर्वाचन आयोगले मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ।

उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ ।

आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

तपाईको प्रतिक्रिया