00:00:00
राष्ट्रिय

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

सोमबार भदौ २७, २०७९/ Monday 09-12-22

भदौ २७, काठमाण्डौ 
चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ ।

उहाँ नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उहाँले आज सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भोलि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्ने र पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

लीले एमाले अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया