00:00:00
स्थानिय

सरकार आगामी निर्वाचन निष्पक्ष नगर्ने गतिविधीमा सक्रिय रहेको छ ः उप महासचिव ज्ञवाली 

आइतबार भदौ १९, २०७९/ Sunday 09-04-22

भदौ १९, तानसेन
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आउँदो चुनावका लागिसत्ता गठवन्धनले विभिन्न आंशकागत गतिविधी गर्दै आएको बताएका छन । चुनावको मिती घोषणा भैसके पछी पनी काम चलाउ सरकारको महत्वपुर्ण विषयबस्तुमा निर्यण गर्दै आएको, संविधान विपरितका गतिविधीका कारण चुनाव निश्पक्ष नहुने उप महासचिव ज्ञवालीले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा पछि पनि प्रतिनिधि सभाको म्याद थपको नयाँ विधेयक प्रस्ताव गर्नु संविधान विपरित काम भएको बताउनुभयो ।

उहाँले संसदको गलत रुपमा प्रयोग भईरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उपमहासचिव ज्ञवालीले गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने तागत एमालेसँग भए पनि ठाउँ ठाउँमा आवश्यकता अनुसार तालमेलको लागी ढोका खुला राखेको बताउनुभयो ।

सरकारमा रहेका दलहरु भागबण्डामा लागेर देशलाई अस्थिरताको बाटोमा लगिरहेको उप महासचिव ज्ञवालीले आरोप लगाउनुभयो ।  

तपाईको प्रतिक्रिया