00:00:00
अन्तराष्ट्रिय

नदीमा पानीको स्तर घट्दै गएपछि यूरोपमा ढुवानी समस्या 

बुधबार भदौ १, २०७९/ Wednesday 08-17-22

भाद्र १, युरोप
लामो समयदेखिको चर्को खडेरीका कारण यूरोपका अधिकांश देशका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या भएको छ ।

जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायतका मुख्य नदीमा पानीको स्तर घट्न थालेपछि ढुवानीमा समस्या भएको हो ।

यूरोपकै सबैभन्दा लामो दानुबे नदी यूरोपेली मुलुुकका १० देश भएर बग्छ ।

यसमा पानीको स्तर घट्दै गएपछि जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हङ्गेरी, क्रोएसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, माल्दोभोको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया