00:00:00
राष्ट्रिय

शुक्रबारसम्म भारी वर्षाको सम्भावना  

बुधबार श्रावण १८, २०७९/ Wednesday 08-03-22

साउन १८, काठमाण्डौ 
मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू–भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही मुलुकका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका, र कर्णाली प्रदेशमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै लुम्बिनीसहित प्रदेश १, गण्डकी प्रदेश, र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।


 

तपाईको प्रतिक्रिया