00:00:00
राष्ट्रिय

करिव डेढ सय सहकारी एकीकरण

सोमबार श्रावण ९, २०७९/ Monday 07-25-22

९ श्रावण, काठमाडौं । 
सरकारले सहकारी एकीकरणको अवधारणा ल्याएपछि एक सय ४८ वटाभन्दा बढी सहकारी एकीकरण भएका छन् ।

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७७ मा निर्देशिका जारी गरेयता एक सय ४८ सहकारी एकीकरण पक्रियामा आएको मन्त्रालयको सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले बताउनुभयो ।

प्रदेश र स्थानीय तहले समेत कार्यविधि बनाएर स्थानीय सहकारीहरूलाई एकीकरण प्रक्रियामा लैजान पाउने भएकाले यो सङ्ख्या अझै बढी हुनसक्ने उपाध्यायले बताउनुभयो । बढी दर्ता हुने कामलाई निरुत्साहित गर्दै भएका सहकारीलाई एकीकरणमा लैजाने योजनामा विभाग लागिरहेको उपाध्यायको भनाइ छ ।

यसले सहकारीमा गुणस्तरीयता कायम गर्न मद्दत पुग्ने सहकारी विभागले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया