00:00:00
राष्ट्रिय

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबल हुने 

सोमबार श्रावण ९, २०७९/ Monday 07-25-22

९ श्रावण, काठमाडौं । 
राष्ट्रिय सभाको आजको बैठकमा नागरिकता विधेयक टेबल हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । पहिलो बैठकमा टेबल हुने नागरिकता विधेयकलाई दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुनेछ ।

नागरिकता विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ । कतिपयले यो विधेयकलाई राष्ट्रिय सभाले फिर्ता पठाउनुपर्ने बताउँदै आएका छन् । तर राष्ट्रिय सभाका बहुमत सदस्य एक भएमा विधेयक असफल बनाउने वा ६० दिन होल्ड गर्न सक्छन् । 

तपाईको प्रतिक्रिया