नेपालमा ट्राफिक नियम उलङ्घनका घटना बढ्यो
नियम उलङ्घन गर्नेमा सबै भन्दा बढि मोटरसाईकल
साउन ४, काठमाडौं
नेपालमा ट्राफिक नियम उलङ्घनका घटना बढेको छ । १४ वर्षको तथ्याङ्क केलाउँदा ट्राफिक नियम उलङ्घनका घटना ७ गुणाले बढेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा १९ लाख ४१ हजार ७५८ वटा ट्राफिक नियम उलङ्घनका घटना भएका छन् । जसबाट १ अर्ब ४१ करोड ८९ लाख २६ हजार रुपैया राजस्व सङ्कलन भएको छ ।
१४ वर्ष अघि भने २ लाख ७० हजार ६ सय ११ उलङ्घनका घटनाबाट जम्मा २४ करोड ३१ लाख ८६ हजार रुपैया राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय ट्राफिक नियमको उलङ्घनका घटना बढ्दै गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
ट्राफिक नियम उलङ्घन गर्नेमा सबै भन्दा बढि मोटरसाईकल चालकहरू छन् । गत आर्थिक वर्ष मात्रै ट्राफिक नियम उलङ्घन गर्ने ६ लाख २२ हजार ४ सय ५५ वटा मोटरसाईकललाई कारबाहि गर्दा ४२ करोड ८८ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ ।
सबै भन्दा कम कारबाहिमा पर्ने सवारी चालकहरूमा भने टेम्पो चालकहरू रहेका छन् । गत वर्ष ७१ हजार ७०९ जना टेम्पो चालक कारबाहिमा परेका थिए ।
तपाईको प्रतिक्रिया