स्थानिय
रुपन्देहीसहित लुम्बिनी प्रदेशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा
बुधबार श्रावण ४, २०७९/ Wednesday 07-20-22
साउन ४, रुपन्देही
रुपन्देहीसहित लुम्बिनी प्रदेशका केही ठाउँहरुमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ ।
आज दिउँसो लुम्बिनीसहित, गण्डकी, सुदूरपश्चिम, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मौसमविद् सजिना शाक्यकाअनुसार राति पनि लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
भोलि बिहिबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ । यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा ठूलो पानी पर्ने सम्भावना हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
तपाईको प्रतिक्रिया