00:00:00
राष्ट्रिय

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

बुधबार जेठ १८, २०७९/ Wednesday 06-01-22

जेठ १८, काठमाडौं
सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ ।

अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो ।

गत बैशाख ९ देखि २० गतेसम्म भएको एसइइ परीक्षामा पाँच लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए । 
 

तपाईको प्रतिक्रिया