00:00:00
राष्ट्रिय

ईपीएस अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली हुने 

बुधबार जेठ १८, २०७९/ Wednesday 06-01-22

जेठ १८, काठमाडौं
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली हुने भएको छ ।

पहिलो चरणमा कृषि क्षेत्रतर्फ १० हजार ८ सय ५८ आवेदकको परीक्षा भोली हुने वैदेशीक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । यसअघि पेपर बेस टेस्ट मार्फत गरिँदै आएको परीक्षा यो पटक तीन चरणमा युविटी ट्याब मार्फत गरिनेछ ।

सन् २००८ देखि प्रत्यक वर्ष सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । भोलि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा हुनेभए पनि उत्पादनमूलक क्षेत्रको परीक्षा मिति भने पछि तोकिनेछ ।
 

तपाईको प्रतिक्रिया