00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा खाँण र उपप्रमुख पदमा चौधरी बिजयी

शुक्रबार जेठ १३, २०७९/ Friday 05-27-22

तिलोत्तमा । 
विन्दु भट्टराई । 
रूपन्देहीको  तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी हुनुभएको छ । उहांले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी हुनुभएको हो । भने उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित बिजयी हुनुभएको छ । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गर्दा उहांका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै १७ वटा वडा रहेको नगरपालिकामा वडा न १ मा एमालेका उम्मेदवार फर्सुराम गिरी ,२ मा नेपाली कांग्रेसका  डिल बहादुर भट्टराई,३ मा कल्याण पौडेल ४ मा एमालेका उम्मेदवार हरि बहादुर क्षेत्री,५ मा नेपाली कांग्रेसका रमेश डुम्रे, ६ मा गणेश पाठक ७ मा एमालेका उम्मेदवारदेवी पंगेनी ,८ माकृष्ण पौडेल ,९मा नेपाली कांग्रेसका ध्रुव न्यौपाने,१०को वडा अध्यक्षमा गोपाल घिमिर,११ मा बिष्णु बहादुर बराल ,१२ मा सहदेव थारु ,१३ मा नेपाली कांग्रेसका नारायण ढकाल, वडा नं चौधमा अध्यक्ष पदमा नेपाली कांग्रेसका असविन पौडेल  विजयी हुनुभएकोे छ भने १५ मा नेकपा एमालेका उम्मेदवार खेमराज गुरुङ  विजयी हुभएको छ । त्यस्तै १६ मा नेपाली कांग्रेसका उम्मेदवार झविलाल भुसाल र १७ मा पनि नेपाली कांग्रेसकै दानबहादुर चौधरी विजयी हुनुभएको छ । 
यसरी नगरपालिकामा ८ वटा वडा नेकपा एमालेले जितेको छ भने ९ वटा वडामा नेपाली कांग्रेस विजयी भएको हो । करिव डेढ लाख जनसंख्या रहको नगरपालिकामा ८५ हजार ७ सय ४७ मतदाता रहेपनि ६४ हजार सात सय २८ मत खसेको थियो । 

तपाईको प्रतिक्रिया