स्थानिय
लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेसका सजरुद्धिन मुसलमान निर्वाचित
सोमबार जेठ ९, २०७९/ Monday 05-23-22
जेठ ९, रुपन्देही
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सजरुद्धिन मुसलमान निर्वाचित हुनुभएको छ। आइतबार सकिएको मत गणनामा उहाँ जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै निर्वाचित हुनुभएको हो।
मुलसमानले नौ हजार ५७२ मत प्राप्त गर्दा गुप्ताले ६ हजार २ मत प्राप्त गर्नुभयो। नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका कल्पना हरिजन निर्वाचित हुनुभएको छ । हरिजनले ६ हजार ५९० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकीासवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गर्नुभएको छ।
तपाईको प्रतिक्रिया