पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी
जेठ ९ , तानसेन
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी हुनुभएको छ । रम्भा गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले सोमवार विहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम पछी दुबै उम्मेदवारले गठवन्धनका उम्मेदवारलाई पराजित गरी दोस्रो कार्यकालको लागी जनप्रतिनिधी चुनिनुभएको हो ।
एमालेका उम्मेदवार भण्डारीले गठवन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीलाई १०४४ मत अन्तरले पराजित गर्नुभयो । एमालेका भण्डारीले ५५८६ मत प्राप्त गरी विजयी हुनुभयो । नेकपा एकिकृतका अधिकारीले ४५४२ मत ल्याई उप विजेता बन्नुभएको हो ।
यस्तै उपाध्यक्षमा राधा कुमारी श्रेष्ठले गठवन्धनका उम्मेदवार नेपाली काग्रेसका विष्णु कुमार थापालाई ६६१ मत अन्तरले पराजित गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले ५७१९ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काग्रेसका थापाले ५०५८ मत प्राप्त गरी पराजित हुनुभयो ।
५ वटा वडा रहेको रम्भा गाउँपालिकामा नेकपा एमालेले ३ वटा वडा र नेपाली काग्रेसले २ वटा वडामा विजय हासिल गरेका छ । नेकपा एमालेले बाट वडा नंं २ मा चेत बहादुर सुनारी, वडा नंं ४ मा कृष्ण बहादुर रायमाझी र वडा नंं ५ मा खुमकान्त बस्याल विजयी भएका छन । नेपाली काग्रेस बाट वडा नं. १ मा ईश्वरी काफ्ले, र वडा नंं ३ मा थमन बहादुर गाँहा विजयी भएका छन ।
तपाईको प्रतिक्रिया