00:00:00
राष्ट्रिय

इन्धनको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बृद्धि

बुधबार चैत २३, २०७८/ Wednesday 04-06-22

काठमाण्डौ 
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।  पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको हो । गएराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । 

तपाईको प्रतिक्रिया