करहिया–मक्रहर खानेपानीको पाँचौ साधारणसभा, ३० रुपैयाका दरले पानीकाे महशुल दर घट्यो
तिलोत्तमा । खानेपानीको सुरक्षामा वितरक र उपभोत्ता दुवै पक्ष सचेत हुनुपर्नेमा एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन् । उनीहरुले शुद्ध खानेपानी उपभोग गर्नका लागि उपभोत्ताले पानीको भण्डार गर्ने तरिकामा समेत विचार पुर्याउनुपर्ने तर्फ सचेत गरएका हुन् । करहिया –मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ साधारणसुभामा बोल्ने बत्ताहरुले खानेपानी तथा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने बताए ।
साधारणसभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले अवलम्बन गरेको सरसफाई युक्त नगर, हरियाली प्रवद्र्धन जस्ता कार्य पानीसँग जोडिएका विषय भएको बताउनुभयो । नगरपालिकाले सरसफाईसँग सम्बन्धित कार्यहरु संचालन गरिरहेको भन्दै नगरप्रमुख घिमिरेले उपभोत्ताले फोहोरको वर्गीकरणमा ध्यान दिन आग्रह गर्नुभयो ।
साधारणसभामा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधि पोख्रेलले करहिया, मक्रहर क्षेत्रमा वितरण हुने पानी पिउन योग्य रहेको भन्दै घरमा पानी भण्डारण गर्ने भाडा, पानी प्रयोग गर्ने विधिमा विचार पुर्याउन उपभोत्तालाई आग्रह गर्नुभयो ।
खानेपानी तथा सरसफाई उपभोत्ता महासंघका जिल्ला अध्यक्ष धुर्व धितालले पानी र सरसफाई मानव स्वास्थयसँग जोडिएका विषय भएकाले वितरक तथा उपभोत्ता सम्वेदनशील बन्नु हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ड ज्ञवालीको संचालनमा भएको साधारणसभामा सल्लाहकार हरिलाल पाण्डे, खाने पाने तथा तिलोत्तमा नगर अध्यक्ष केशवराज न्यौपाने, वडा अध्यक्ष कृष्ण पौडेल, इ. देवी प्रसाद पाठकलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैविच साधारणसभाले २०७९ बैशाख १ गते देखि लागू हुने गरी पानीको महशुल दर घटाएको छ । विहिवार सम्पन्न साधारणसभामा १ सय रुपौयाँ महसुल दर बनाउन प्रस्ताव गरिएको थियो । यस अघि १ सय ३० रुपैयाका दरले महशुल लिइदै आइएको छ ।
तपाईको प्रतिक्रिया