00:00:00
स्थानिय

बुटवलको जितगढीमा दुर्घटना एक जनाको मृत्यु

बिहीबार चैत १०, २०७८/ Thursday 03-24-22

बुटवल । 
बुटवलको जितगढीमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट दुर्घटनामा परी गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बिहीबार दिउसो बुटवल उपमहानगरपालिका–१३ जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कीदा दुर्घटना भएको थियो । ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालक थापालाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले पुन ठक्कर दिए पछि मृत्यु भएको प्रहरीले जनाएको छ । बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । 

तपाईको प्रतिक्रिया