स्थानिय तहको निर्वाचनका लागि रुपन्देहि जिल्लाबाट मतदाता सहभागि संख्या ६ लाख ३२ हजार
तिलोत्तमा ।
बिन्दु भट्टराई ।
जिला निर्वाचन कार्यालय रुपन्देहिका निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तयारी दु्रत रुपमा अगाडि बढेको बताउनुभयो । उहांले निर्वाचनका लागि चाहिने मतपेटिका मतदाता नामावली मतदानस्थल आवश्यक जनशक्तिको ब्यवस्थापन भैसकेको र निर्वाचनका लागि चाहिने ५२ थरीका सामाग्री खरिद प्रकृयामा रहेको जानकारी दिनुभयो ।
“निर्वाचन कार्यलयको स्थापना निर्वाचन अधिकृत कार्यालय र मुख्य निर्वाचन अधिकृत कार्यालयमा आवश्यक जनशक्तिको विवरण आईसकेको बताउंदै निर्वाचनमा खटिने अधिकृत सहायक मतदान अधिकृत मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनगर नगरपालिका र अन्य बांकि रहेका १५ ओटा पालिकाहरुमा कार्यालय स्थापना गरेर काम संचालन गरिनेछ ,त्यसका लागि कर्मचारीको ब्यवस्थापन गरिसकिएको छ भण्डारीले भन्नुभयो “।
जिल्लामा रहेका ७९ राजनितिक दल मध्ये ६ ठूला राजनिति दलले स्वतह चुनाव चिह्न पाईसकेकोले दर्ता गर्न नपर्ने बांकि ७३ दलले निर्वाचन चिह्न मागका लागि जिल्लामा निवेदन दिनुपर्नेछ । शुक्रबारसम्म ५ दलले मात्र निवेदन दर्ता गराएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । उहांले चुनाव चिह्न मागका लागि आइृतवारसम्म निवेदन दिन सक्ने पनि बताउनुभयो ।
उहांका अनुसार रुपन्देहि जिल्लामा दोस्रोपटकको प्रतिनिधि सभाको विघटन हुने अवस्थासम्म ५ लाख ३७ हजार रहेको मतदाता संख्या गएको श्रावण ३ गतेदेखि माघ २४ गतेसम्म ९७ हजार थपिएका छन् । आगामि बैशाख ३० गतेहुने निर्वाचनका लागि रुपन्देहि जिल्लाबाट ६ लाख ३२ हजार मतदाताको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशित हुने अनुमान जिल्ला निर्वाचन कार्यालय रुपन्देहिले गरेको छ । भण्डारीले निर्वाचन आचारसंहिता प्रकाशन भैसकेको तर लागु हुन बांकि रहेको र यहि चैत १५ गतेदेखि लागुहुन सक्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया