बजारमा आएका डिजिटल कांटाबाट पनि तलमाथि गर्न सकिने
तिलोत्तमा ।
बिन्दु भट्टराइ
तोकेको मुुल्यमा सामान लिदा पनि गुणस्तर र वजारमा राखिएका ढक, लेवलिङ्गजस्ता कुराहरुमा समेत विश्वास गर्ने स्थीती नभएको भन्दै आमउपभोक्ताले गुनासो गरेका छन् । दिनानुदिन बढ्दो वजारभाउका कारण निरास भएका आम उपभोक्ता वजारमा सामान बिक्रिका लागि राखिएका ढकबाट समेत ठगिने गरेको पाईएको छ । गुणस्तर तथा नापतौल कार्यलय बुटवलका प्रमुख सम्भुकुमार झाले जवसम्म उपभोक्ता स्वयं सचेत हुन सक्दैन तवसम्म वजारमा हुने विभिन्न प्रकारका ठगीहरुबाट बच्न नसक्ने बताउनुभयो । उहांले नेपाल सरकारले वजारमा जनस्वास्थ्यसंग प्रतक्ष सरोकार राख्ने १५ बस्तुमा बाहेक नेपाल गुणस्तर (एनएस) चिह्नका लागि अनिवार्य नगरेको बताउनुभयो । वजारमा पाईने १५ बस्तु जसले एनएस चिह्न प्राप्त गरेको छ त्यो भन्दा बाहेकका बस्तुको गुणस्तरको ग्यारेन्टि लिन नसकीने उहांले बताउनुभयो ।
झाले मोहरबन्धप्याकेजमा घटिबढीका हद के हुन सक्छ कतिसम्म मान्य हुने त्यो भन्दा तलमाथि भए के कार्वाही हुन्छ यी कुरालाई समेटेर २०७७ जेठ ५गते लागुहुने गरी त्यसअनुसार मोहरबन्ध प्याकेज गर्नुपर्ने गरी अगाडि बढेको र यो कडाईका साथ लागु गर्दै गएको दावी गर्नभयो ।
उहांले उद्योगी ब्यवसायीलाई सचेत गराईराखेको र यसरी गरिरहंदा पनि उद्योगी ब्यवसायीले लापर्वाहि गरेको पाईएमा साथै उपभोक्तलाई समस्या भयो भने १ वर्ष कैद र दश हजारसम्म जरिवाना हुने ब्यवस्था गरिएको जानकारी दिनुभयो । उहांले ढक संगै पछिल्लो समय बजारमा आएका डिजिटल कांटाबाट झनै बढी तलमाथि गर्न सकिने भन्दै सचेत रहन आमउपभोक्ताई आग्रह समेत गर्नुभयो ।
ु
तपाईको प्रतिक्रिया