तिलोत्तमा । जलजन्य प्रकोप न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन नीति निर्माण गरी कार्यन्वयनमा जानुपर्नेमा सारोकारवालाहरुले जोड दिएका छन् । रुपन्देहीको तिलोत्तमामा विहिवार भएको कार्यक्रममा बोल्ने वत्ताहरुले जल प्रकोप व्यवस्थापन चुनौतिको विषय बन्दै गएको स्मरण गर्दै त्यसको न्यूनीकरणका लागि ठोस रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघ नेपालको अयोजनामा गरेको प्रदेश स्तरीय जल उत्पन्न प्रकोप न्यूनीकरण तथा विपद व्यवस्थापन सम्बन्धी तालिम पुस्तिका तयारीबारे अनुभव आदन प्रदान कार्यक्रममा बोल्ने बत्ताहरुले वातावरणीय पक्षलाई गंभीरता पूर्वक लिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथासिंचाई महाशाखा प्रमुख धु्रवराज पौडेलले जल उत्पन्न प्रकोप न्यूनीकरण तथा विपद व्यवस्थापन सम्बन्धी तालिम पुस्तिकाले योजना निर्माणमा सहयोगीको भूमिका खेल्ने विश्वास व्यक्ति गर्नुभयो । उहाँले पुस्तिकाले विपदको समयमा समेत मार्गदर्शन गर्ने गरी तयार हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष यज्ञ गैरेको सभापतित्वमा भएको कार्यक्रममा सिचाई महासंघको पूर्वअध्यक्ष केशवराज न्यौपाने, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख विलास यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शंकर पौड्याल, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मंन्त्रालयका प्रेम चन्द्र जिसी, अर्जुन उपाध्ययलगायतले पुस्तिकाले उठान गरेका विषयमा टिप्पणी तथा सुझावहरु दिनुएको थियो ।
तपाईको प्रतिक्रिया