'महिलाहरुले जुन सुकै काम जिम्मेवारी पूर्वक गर्न सक्छन्'
पवित्रा चौधरी
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १० बेवरीमा श्रमिक महिला दिवसको सन्दर्भमा अन्तर्रक्रिया गरिएको छ । ११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा सोमवार प्रगतिशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अन्तर्रक्रिया तथा प्रशिक्षणत्मक कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले अवसर पाएमा महिलाहरुले जुन सुकै काम जिम्मेवारी पूर्वक गर्न सक्ने बताउनुभयो । उहाँले जिम्मेवारी पाएमा कुशलतापूर्वक काम गर्न महिलाहरु सक्षम रहेको स्मरण गर्दै आफूलाई सोही अनुरुप विकास गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रियामा तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका स्टेशन प्रमुख मिनाक्षी न्यौपानेले शहजीकरण गर्दै डर र करबाट माथि उठेर महिलाहरुले आफूलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो श्रमको मुल्यका लागि पनि आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष सीता न्यौपानेको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी विश्वकर्माको स्वागत, व्यवस्थापक जमुना गिरीको संचालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया